बाजुराको समन्वय समिति एमालेको बन्ने निश्चित

बाजुरा– बुढीगंगा नगरपालिकाको जितसँगै बाजुरा जिल्लाको समन्वय समिति एमालेको बन्ने निश्चित भएको छ । बैशाख ३० गते भएको मतदानमा धाँधली भएको निष्कर्ष निकाल्दै निर्वाचन आयोगले असार २३ गने पुनः मतदान गराएको थियो ।

bishal shuit house

आईतवार सार्वजनिक भएको परिणाम अनुसार नगर प्रमुखमा एमालेका उम्मेदवार रामवहादुर बानियाँ र उप–प्रमुखमा एमालेकै माया कुमारी खड्का (कुँवर) निर्वाचित भए ।

joshi vada pasal 2

नौ स्थानीय तह रहेको बाजुरामा जिल्ला समन्वय समिति बनाउनका लागि पालिकाका प्रमुख र उपप्रमुख गरी १० को आवश्यकता पर्दछ । ६ पालिकामा प्रमुख र पाँचमा उपप्रमुख जितेपछि जिल्ला समन्वय समिति एकलौटी एमालेको बन्ने सुनिश्चित भएको हो । बाजुरामा कांग्रेसले तीन प्रमुख र तीन उपप्रमुख जितेको छ भने बुढीनन्दा नगरपालिकाको उपप्रमुखमा स्वतन्त्र उम्मेद्वार विजयी भएका छन् ।

सुदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये एमालेले बाजुरामा मात्रै एमालेको नेतृत्व हुनेछ । अन्य आठ जिल्लाका जिल्ला समन्वय समितिमा एमालेको शून्य उपस्थिति रहेको छ । आठवटै जिल्ला समन्वय समितिका प्रमुख नेपाली कांग्रेसबाट निर्वाचित भएका छन् ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.