अत्तरिया – कैलालीको धनगढी उपमहानगरपालिकाको नगरसभामा रिपोर्टिङ गर्न गएका पत्रकार जनक विष्टलाई दुव्र्यवहा गरेको भन्दै नेपाल नेपाल पत्रकार महासंघ कैलालीले ध्यानाकर्षण भएको जनाएको छ ।
सोमबार नगरसभामा रिपोर्टिङ गर्न गएका पत्रकार बिष्टलाई उपमहानगरपालिकाका एक जना कर्मचारीले पाखुरा समाएर बाहिर धकेलेको बिषयमा महासंघले ध्यानाकर्षण भएको जनाएको हो । विज्ञप्तीमा नगरपालिकाले गरेको व्यवहार पत्रकारमाथिको दुव्र्यवहार र अपमान भएको महासंघले ठहर गरेको छ ।
पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमालय जोशीद्वारा हस्ताक्षरित विज्ञप्तिमा विज्ञप्तीमा भनीएको छ ‘नगरसभा जस्तो जनताको प्रत्यक्ष सरोकारको विषयमा प्रत्यक्ष रिपोर्टिङ गर्न गएका पत्रकारलाई उपमहानगरपालिकाका एक जना कर्मचारीले ‘पत्रकारलाई समेत नगरसभामा जान अनुमति छैन’ भनेर पाखुरा समाएरर बाहिर पठाएको घटना सामान्य जस्तो ठानिएपनि यो धनगढी उपमहानगरपालिकाको स्वतन्त्र प्रेसप्रतिको दुराग्रह हो भन्ने महासंघ ठान्दछ’
विज्ञप्तीमा आगामी दिनमा स्वतन्त्र पत्रकारिता र पत्रकारहरुमाथि यस्ता खालका व्यवहार नगर्न उपहानगरलाई सचेत गराएको छ ।