आज विश्व जनसंख्या दिवस मनाइँदै

काठमाडौं – आज विश्व जनसंख्या दिवस, नेपालमा पनि मनाइँदैछ । जनसंख्यासँग सम्बन्धी समस्याबारे जानकारी तथा जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम गरि हरेक वर्ष जुलाई ११ मा यो दिवस मनाइन्छ । यस वर्षको विश्व जनसंख्या दिवसको नारा ‘आठ अर्ब जनसंख्या सबैको छनोट र अधिकारको सुनिश्चितता सहित उज्ज्वल भविष्यका लागि अवसरको प्राप्ति’ रहेको छ ।

Karma Consultancy

संयुक्त राष्ट्रसंघीय विकास कोषको गभर्निङ काउन्सिलद्वारा सन् १९८९ देखि ११ जुलाई लाई जनसंख्या दिवसको रूपमा मनाउन थालिएको हो । विश्वको जनसंख्या करिब ८ अर्ब पुगेको छ । हाल विश्वको जनसंख्या ७ अर्ब ९७ करोड ६७ लाख २५ हजार रहेको छ ।

citizen security services
belauri nagarpalika

विश्व जनसङ्ख्या दिवसका अवसरमा हिजो संयुक्त राष्ट्र संघिय जनसङ्ख्या कोष (यूएनएफपीए)ले आगामी कात्तिक २९ गते (नोभेम्बर १५)मा विश्वको जनसंख्या आठ अर्ब पुग्ने प्रक्षेपण सार्वजनिक गरेको छ । विश्व जनसङ्ख्या कोषले आज सार्वजनिक गरेको ‘वल्र्ड पपुलेसन प्रोस्पेक्टस २०२२’ अनुसार विश्वको जनसङ्ख्या सन् २०८० को दशकमा करिब १०.४ अर्बसहित उच्च बिन्दुमा पुग्नेछ र सन् २१०० सम्म त्यही स्तरमा रहनेछ ।

attariya hospital

औसत आयुमा भएको वृद्धि तथा घट्दै गएको शिशु तथा मातृ मृत्युदरका कारण जनसंख्या पहिलेभन्दा धेरै भएको विश्लेषण गरिएको छ । यो वृद्धिमा भारतले सबैभन्दा ठूलो योगदान गरेको छ भने चीन र नाइजेरियाको वृद्धिदर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेको कोषले जनाएको छ ।

राष्ट्रिय जनगणना, २०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालमा अहिले २ करोड ९१ लाख ९२ हजार ४८० जनसंख्या छ । जनगणनाको पूर्ण विवरण आउँदा दुई करोड ९४ लाख पुग्ने अनुमान तथ्यांक विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.