सुदूरपश्चिम प्रदेशसभा बैठक आज पनि स्थगित

 

धनगढी – सुदूरपश्चिम प्रदेशसभाको बैठक आज पनि स्थगित भएको छ ।  सरकारले ल्याएको बजेटमाथिको छलफलका लागि बोलाइएको प्रदेशसभा बैठक पाँचौ पटक स्थगित भएको हो । सोमबार बिहान बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा सत्तापक्ष, प्रतिपक्ष र सरकारबीच सहमति जुट्न नसकेपछि बैठक पाँचौ पटक स्थगित भएको छ ।

Karma Consultancy
belauri nagarpalika

यसअघि ८ गते बोलाइएको बैठक १२ गतेसम्मका लागि स्थगित गरिएको थियो । १२ गते बोलाइएको बैठक बस्न नपाउँदै १६ गतेसम्मका लागि स्थगित भएको थियो । १६ गते पनि बैठक सञ्चालन हुन नसकेपछि अर्को सूचना जारी नभएसम्मका लागि भनी बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।

citizen security services

प्रदेश सरकारले आइतबार बैठक सञ्चालन गर्ने तयारी गरे पनि आज बिहान ११ बजेसम्मका लागि स्थगित भएको थियो । सोमबार बिहान सभामा सूचना टाँस गरी दिउँसो तीन बजेसम्मका लागि बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिए । विशेष कारण भन्दै बैठक स्थगित भएको उनले बताए ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.