गौरीगंगामा बसको ठक्करबाट पैदल यात्री गम्भिर घाइते
अत्तरिया – कैलालीको गौरीगंगामा बसको ठक्करबाट एक पैदलयात्री गम्भिर घाइते भएका छन् । आइतबार साँझ ६ बजेको समयमा पश्चिमबाट पुर्व तर्फ गइरहेको से १ ख १४७२ नम्बरको बसको ठक्करबाट गौरीगंगा नगरपालिका – ३ का २० वर्षीय गणेश साउंद घाइते भएका हुन ।


उनको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

बस ईलाका प्रहरी कार्यालय चौमालाको नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
