आगामी निर्वाचन अघि कुनै पार्टी संग एकता हुँदैन, तालमेल हुन्छ : माधव नेपाल 

 

धनगढी – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी संघ र प्रदेशको निर्वाचन अघि कुनैपनि पार्टीसँग एकता नहुने बताएका छन् ।  उनले तालमेल हुन सक्ने तर एकता भने नहुँने स्पष्ट पारेका हुन् ।

maya metro hospital

सोमबार धनगढीमा समाजवादी प्रेस संगठाद्वारा आयोजित पत्रकार सम्मेलनमा समाजवादीका अध्यक्ष नेपालले अहिलेकै गठबन्धन आगामी निर्वाचनसम्म निरन्तर रहने बताए ।

उनले भने,‘हाम्रो पार्टीमा गठबन्धनलाई निरन्तरता दिने कुरामा सबै एकमत हुनुहुन्छ, कोही ब्यक्तिले बोलेको अर्थ रहँदैन संगठनको निर्णय नै अन्तिम हो ।’

attariya hospital

बाम एकताको कुरा चलिरहेको छ नि भन्ने संचारकर्मीको जिज्ञासामा अध्यक्ष नेपालले भने,‘बामपन्थी बिचार बोकेका सबै शक्तिलाई एकै ठाउँमा उभ्याउने पहल भइरहेको छ तर संबिधान नमान्ने, संघियता नमान्ने, राष्ट्रको हित विपरित हिडने शक्ती बामपन्थी भएपनि एकता हुँदैन ।’

उनले अहिलेकै गठबन्धनका कारण संबिधान, संघियता र राष्ट्रिय हित बचेको उल्लेख गर्दै यो गठबन्धनको विकल्प नरहेको बताए। ‘एकीकृत समाजवादी राष्ट्र र जनताको हितका लागि निर्माण भएको पार्टी हो’ अध्यक्ष नेपालले भने,‘हामी बिचार र शिद्धान्त प्रति प्रतिवद्ध छौँ, अवसरवादी होइनौँ।’ सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी सबैभन्दा ठुलो दल भएकाले समाजवादीको नेतृत्वमा प्रदेश सरकार बन्नु स्वभाविक रहेको बताउँदै नेता नेपालले तर एक्लैले सरकार निर्माण नहुने हुँदा अन्य दलको सहयोग आवश्यक रहेको उल्लेख गरे ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.