अत्तरिया – कैलालीको चुरे गाउँपालिकामा निःशुल्क आँखा शिविरको आयोजना गरिएको छ ।
सनराईज बैंक लिमिटेड शाखा कार्यालय अत्तरिया र चुरेले संयुक्त रुपमा गाउँपालिकामा रहेको चुरे स्वास्थ्य चौकीमा निःशुल्क आँखा शिविरको आयोजना गरेका हुन ।
बैंकका अत्तरिया शाखा प्रमुख हेमन्त अवस्थीले गेटा आँखा अस्पतालको सहकार्यमा शिविरको आयोजना गरिएको बताए । उनले बैंकले सामाजिक उत्तरदायीत्व अन्र्तगत उक्त कार्य गरेको बताए ।
शिविरमा ४ सय ११ जना स्थानियले सेवा लिएको उनले बताए । शिविरमा सेवा लिन आएमा मध्ये ३० जनाको भने गेटाँ आँखा अस्पतालमा निःशुल्क अपरेशनको लागी व्यवस्था मिलाईएको पनि उनले बताए ।