जिल्ला अस्पताल बैतडीले ९ जना डाक्टर पाएपछि सेवा प्रभावमा सहजता 

 

बैतडी – सधैं डाक्टर अभाव हुने बैतडी जिल्ला अस्पतालले पहिलो पटक दुई विषेशज्ञसहित ९ जना डाक्टर पाएको छ । अस्पतालमा अहिले एमडिजिपी डाक्टर धिरज जैसवाल पुगेका छन । एनेस्थेसियोलोजिस्ट कार्यालय प्रमुखमाको रुपमा अस्पतालमा कार्यरत छन ।

Karma Consultancy

२०३३ मा स्थापना भएको अस्पतालमा कहिल्यै २÷३ जना भन्दा बढी डाक्टर बसेनन । स्थापनापछि एकपटक मात्र अस्पतालले दरबन्दी अनुसारको नवौं तहको डाक्टर गुणराज अवस्थीलाई पाएको थियो । अवस्थी १० औं तहमा कार्यरत हुदा पनि बैतडी बसेका थिए । त्योबाहेक अस्पताल जहिल्यै मेडिकल अधिकृतको भरमा चल्यो ।

citizen security services
belauri nagarpalika

पहिलोपटक विशेषज्ञसहित यतिका संख्यामा अस्पतालले डाक्टर पाएको अस्पतालका सूचना अधिकारी हरिश पन्तले बताए । उनका अनुसार अहिले ७ जना मेडिकल अधिकृतमा २ जना दाककतको डाक्टर छन । अस्पतालमा अहिले डाक्टरबाट दन्त उपचार सेवा भइरहेको छ । ‘बैतडी अस्पतालमा दुई जना विशेषज्ञ र ७ जना मेडिकल अधिकृत डाक्टर भएको पहिलोपटक हो,’ उनले भने, ‘पहिले अन्य स्वास्थ्यकर्मी कर्मचारीकै भरमा अस्पताल चलेको थियो । डाक्टर भएपछि धेरै राहत भएको छ ।’

attariya hospital

सामान्य अवस्थाका बिरामीहरूले धनगढी, नेपालगन्ज जानुपर्ने बाध्यता हटेको उनले बताए । डाक्टरहरूसंककगै अस्पतालले दिने सेवा सुविधा बढेको उनले बताए ।  धनगढी , महेन्द्रनगरको ल्याबको सुविधा पनि अस्पतालले दिन सक्ने अवस्था रहेको पन्तले जानकारी दिए ।  समयमै बिरामीले सेवा सुविधा पाउने वातावरण भएको सूचना अधिकारी पन्त बताउँछन ।

अब अस्पतालमा गर्भवती शल्यक्रियाबाहेकका अन्य शल्यक्रिया पनि थपिने अस्पतालका प्रमुख डाक्टर दिपेश क्षेष्ठले बताए ।  उनका अनुसार हाइड्रोसिल, इपिन्डिसाइडका बिरामीहरूलाई यही उपचार गर्न सकिने उनले बताए ।  योसँगै भेन्टिलेटर चलाउन सकिने बताए ।  अस्पतालमा २ मेडिकल अधिकृत र १ जना नवौं तहका विशेषज्ञ डाक्टरको दरबन्दी छ । अहिलेका डाक्टरहरू भने दरबन्दीका डाक्टर होइनन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.