बुढीगंगामा मेयर, उपमेयर सहित ७ वडाध्यक्षमा एमाले विजयी

बाजुरा – बाजुराको बुढीगंगा नगरपालिकामा नेकपा एमालेका उम्मेदवारहरू विजयी भएको छन् । नगर प्रमुखमा रामबहादुर बानियाँ र उपप्रमुखमा माया कुमारी खड्का (कुँवर) विजयी भएका हुन्।

maya metro hospital

बानियाँले ४ हजार ७७७ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रङ्गबहादुर खातीले ३ हजार ७७४ मत ल्याए ।

lotus school

त्यस्तै, उपप्रमुखमा कुँवरले ४ हजार ७२७ मत ल्याएकी छन् । उनकी प्रतिस्पर्धी कांग्रेसकी रिता शाहीले ३ हजार ७५५ मत ल्याइन् ।
मेयरमा १ हजार ४ र उपमेयरमा ९७२ मतको फरक छ । १३ हजार ६५९ मतदाता रहेको बुढीगंगामा ९ हजार १२८ मत खसेको थियो ।

attariya hospital

१० ओटा वडा रहेको बुढीगंगाका ७ वडामा नेकपा एमाले र ३ वडामा कांग्रेसले जितेको छ । वडा १, २, ३, ५, ६, ९ र १० मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

यस्तै, वडा नम्बर ४, ७ र ८ मा नेपाली कांग्रेस विजयी भएको छ । २०७४ मा ६ वडा जितेको एमालेले यो पटक भने ७ वटा जितेको छ । ३० वैशाखमा भएको मतदानमा धाँधली भएको भन्दै निर्वाचन आयोगले रद्द गरेर २३ असारमा पुनः मतदान गराएको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.