गोदावरी नदी किनारामा बालकको शव फेला
अत्तरिया – कैलालीको गोदवरी नदी किनारामा बालकको शव फेला परेको छ । शनिबार साँझ गोदावरी नगरपालिका – ३ डमल गोदावरी नदीको किनारमा आन्दाजी ६/७ बर्षका बालकको शव फेला परेको हो ।
शरिरमा कपडा नभएको अवस्थामा फेला परेका ति बालकको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको प्रहरीले जनाएको छ ।