बैतडीका कैन्दीबन्दीको कारागारमै राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन

बैतडी – जिल्ला कारागार बैतडीका कैन्दीबन्दीको कारागारमै राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गरिएको छ । शुक्रवार गरिएको विवरण संकलन कार्यमा कारागारमा रहेका १७ कैदीबन्दी र १ सुरक्षाकर्मीको परिचयपत्रका लागि विवरण संकलन गरिएको कम्प्युटर प्राविधिक बालकृष्णप्रसाद भट्टले जानकारी दिए ।

Karma Consultancy

कारागारभित्रै ८७ कैदीबन्दी रहेका भए पनि सबैसँग आवश्यक कागजात नरहेको तथा कसैले पहिला नै बनाएकाले १७ जनाको मात्रै विवरण संकलन गरिएको जनाइएको छ ।

citizen security services
belauri nagarpalika

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले गरेको परिपत्रअनुसार नै कारागारभित्रै कैदीबन्दीको विवरण संकलन गरिएको छ ।

attariya hospital

कैदीबन्दीलाई बाहिर ल्याउँदा सुरक्षा चुनौती हुने भएकाले कारागारभित्रै टोली बनाएर विवरण संकलनको काम गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

बैतडीमा विक्रम संवत् २०७७ असोज पहिलो हप्तादेखि राष्ट्रिय परिचय पत्र विवरण संकलनको काम शुरू भएकोमा हालसम्म ८३ हजार ३८३ जनाको विवरण संकलन भइसकेको छ । शुरूमा जिल्ला प्रशासन कार्यालयमा विवरण संकलनको काम भएको थियो भने हाल अभियानकै रूपमा वडास्तरमै काम भइरहेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.