गोदावरीमा ‘भोट बराबरको बोट रोप्ने’ अभियानको शुभारम्भ 

 

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा ‘भोट बराबरको बोट रोप्ने’ अभियानको शुभारम्भ गरिएको छ । शनिबार गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले उक्त अभियानको शुभारम्भ गरेका हुन ।

maya metro hospital

गोदावरी नगरपालिकाका मेयरमा नेपाली कांग्रेसले पाएको भोट अनुसारको बोट रोक्न गरिएको पुर्व घोषित अभियान अन्तरगत आजदेखि अभियान सुरु गरिएको जनाइएको छ । अभियान अन्तरगत आज अत्तरियामा रहेको दुर्गा मन्दिर र जानकी मन्दिरमा वृक्षारोपण गरिएको छ ।

उक्त अभियानको नेपाली कांग्रेसका जिल्ला सदस्य प्रेम भट्टले स्थानीय निर्वाचन अगाडी घोषणा गरेको थिए । सोही बमोजिम अभियान सुरु गरिएको उनले बताएका छन । उनले अभियान अन्तरगत प्रत्येक घरमा १/१ विरुवा निःशुल्क वितरण गरिने बताए ।

attariya hospital

‘मैले स्थानीय चुनाव अगाडी मेयरमा नेपाली कांग्रेसले पाएको भोट अनुसार बोट लगाउने घोषणा गरेको थिए । सोही अनुसार नेपाली कांग्रेसले पाएको १५ हजार ५३० भोट अनुसारको बोट लगाउने कामको आजबाट शुभारम्भ भएको छ’ उनले भने ‘आज उक्त कार्यक्रम अन्तरगत हामीले धार्मीक क्षेत्रमा बिभिन्न धार्मीक विरुवा रोपेका छौ ।’

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.