धनगढी – कैलालीमा चट्याङ लागेर मृत्यु भएका परिवारलाई राहत रकम वितरण गरिएको छ । असार १४ गते चट्याङ लागेर मृत्यु भएका कैलालीको कैलारी गाउँपालिका – १ रानामुरा गाउँ बस्ने ५६ वर्षीय सुखपंखि देवी चौधरीको परिवारलाई नगद दुई लाख रूपैयाँ हस्तान्तरण गरिएको हो ।

‘विवद् पीडित उद्दार र राहत सम्बन्धी मापदण्ड २०७७’ बमोजिम मृतकका श्रीमान परनुराम डगौंरालाई नगद हस्तान्तरण गरिएको हो । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले मृतकको घरमा पुगेर नगद हस्तान्तरण गरे ।

कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरी, सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर सिंह, कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरको सहभागीतामा राहत वितरण गरिएको हो ।
