बुढीगंगा नगरपालिकामा मतगणना शुरू

बाजुरा – बाजुराको बुढिगंगा नगरपालिकामा मतगणना शुरू भएको छ । शुक्रबार दिउसोदेखि वडा नंं १ र १० मतगणना शुरू भएको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । दुई ठाउँमा मतगणना शुरू गरिएको हो ।

bishal shuit house

बिहीबार भएको निर्वाचनमा नौ हजार १२८ मत खसेका छन् । यो ६६.८३ प्रतिशत हो । नगरपालिकामा १३ हजार ६५९ मतदाता रहेका छन् । यसअघि गत वैशाख ३० गते भएको निर्वाचनमा ७५.५८ प्रतिशत मत खसेको थियो ।

joshi vada pasal 2

मतगणना स्थालमा पनि ठूलो संख्यामा सुरक्षाकर्मी परिचलान गरिएको छ । नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी र नेपाली सेनाको टोली पनि खटिएको छ । बिहीबार मतदानका क्रममा झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नु परेको थियो ।

मेयरमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका रङ्गबहादुर खाती र नेकपा (एमाले) का रामबहादुर बानियाँ उम्मेदवार छन् ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.