खाेज्नुहाेस

बूढीगंगा निर्वाचनमा फेरि तनाव, प्रहरीले गर्‍यो हवाई फायर

Image

बाजुरा – बाजुराको बूढीगंगा नगरपालिकामा आज जारी मतदानमा पनि विवाद भएको छ । मतदानका क्रममा विवाद बढेपछि प्रहरीले गोली चलाएको छ । त्रिशक्ति मावि मतदान केन्द्रमा दुई पक्षका एजेन्टबीच झगडा हुँदा हवाई फायर गरिएको सुदूरपश्चिम प्रदेशका डीआईजी मोहनकुमार आचार्यले जानकारी दिए । अहिले भने स्थिति नियन्त्रणमा आइसकेको उनले बताए ।

navjiwan hospital

निर्वाचन कार्यालयका अनुसार आजको निर्वाचनमा बूढीगंगा नगरपालिकामा १० वटा बुथमा १९ वटा मतदान केन्द्रको व्यवस्था गरिएको । यसअघि ३० वैशाखमा भएको स्थानीय निर्वाचनमा झडप भएपछि आयोगले पुनः निर्वाचनको घोषणा गरेको थियो ।

attariya hospital

बूढीगंगामा नगरप्रमुख पदमा नेपाली कांग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ उम्मेदवार रहेका छन् ।