खाेज्नुहाेस

सेतीमा नुहाउने क्रममा बेपत्ता भएका पुरुष भेटिएनन्

Image

डोटी – डोटीको सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका पुरुष अझै भेटिएका छैनन् । शिखर नगरपालिका–१० गहनानमा सेती नदीमा नुहाउने क्रममा बुधबार दिउँसो बेपत्ता भएका पुरुष फेला नपरेका हुन ।

navjiwan hospital

बेपत्ता हुनेमा डडेलधुराबाट मलामी आएका अमरगढी नगरपालिका–६ छचोडाका अन्दाजी २७ वर्षीय वीरेन्द्र ताम्राकार रहेका छन ।
ताम्राकार नदीमा बगेको खबर पाएलगत्तै प्रहरी टोली परिचालन गरिए पनि अहिलेसम्म कहीँकतै पत्ता लाग्न नसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी भोला भट्टले बताए ।

attariya hospital

वर्षातका कारण नदीमा पानीको बहाव बढेको र पानी धमिलो भएका कारण खोजी कार्यमा समस्या भएको उनले बताए । सेती नदीमा आफन्तको शव जलाउन आएका बेला उहाँसँगै अर्का विनोद ताम्राकार पनि नदीमा बगेका थिए ।

विनोद ताम्राकार करिब २ सय मिटर तल बानीडुग्रीसैन नजिक घाइते अवस्थामा फेला परिसकेका छन ।