मलामी गएका दुई युवक सेती नदीमा बगेर बेपत्ता

डडेल्धुरा – डडेल्धुराका दुई युवक डोटी स्थित सेती नदीमा बगेका छन् । बुधबार मलामी गएका अमरगढी नगरपालिका–६ स्थित छचोडाका अन्दाजी २७ वर्षीय वीरेन्द्र ताम्राकार र विनोद ताम्राकार नदीमा बगेका हुन् ।

maya metro hospital

डडेल्धुराबाट मलामी गएका उनीहरू दुवैजना डोटीको शिखर नगरपालिका गोबिघाटस्थित सेती नदीको शव जलाउने ठाउँबाट नुहाउने क्रममा बगेको प्रहरीले जनाएको छ ।

joshi vada pasal 2

बगेकामध्ये विनोद सकुशल फेला परेका छन्। उनी बगेको स्थानबाट केही तल फेला परेका हुन् । यस्तै अर्का युवक वीरेन्द्र भने बेपत्ता भएको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.