गोदावरी नगरपालिकाद्धारा ११ महिनामा ५० प्रतिशत बजेट खर्च

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले ११ महिनामा ५० प्रतिशत बजेट खर्च गरेको छ । नगरपालिकाले चालु आर्थिक बर्ष २०७८÷७९ को ११ महिनामा कुल बिनियोजित १ अर्व २७ करोड ९० लाख ९३ हजार मध्ये ६४ करोड १७ लाख ३१ हजार खर्च गरेको हो । जुन कुन विनियोजित बजेटको ५० दशमलव १७ प्रतिशत हो । यद्दपी नगरपालिकाले चालु आर्थीक बर्षका लागि अनुमान गरेको भन्दा ११ महिनाको अवधिमा १२ प्रतिशत कम आम्दानी प्राप्त गरेको जनाएको छ ।

Karma Consultancy

मंगलबार गोदावरी नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रम नगरपालिकाको प्रगती समिक्षा प्रस्तुत गर्दै प्रमुख प्रशासकीय अधिकृत बसन्त कुमार खत्रीले जेठ मसान्त सम्म चालु तर्फ ४८ करोड २६ लाख ८८ हजार र पूँजीगत तर्फ १५ करोड ९० लाख ४३ हजार खर्च भएको बताए ।

citizen security services

नगरपालिकाले चालु आर्थिक बर्षमा संघिय सरकारबाट ८० करोड २५ लाख २२ हजार, प्रदेश सरकारबाट ४ करोड ४० लाख २९ हजार, स्थानीय राजश्वबाट ४ करोड ६० लाख, आन्तररिक आयबाट ११ करोड ८५ लाख ४२ हजार ५ सय र संचित कोषबाट २६ कारेड ४९ लाख ९९ हजार ५ सय गरी १ अर्व २७ करोड ९० लाख ९३ हजार बजेट प्राप्त हुने अनुमान गरेको छ । जसमध्ये ११ महिनाको अवधिमा संघिय सरकारबाट ७० करोड १४ लाख, ८४ हजार, प्रदेश सरकारबाट २ करोड २० लाख ६ हजार, स्थानीय राजश्वबाट ५ करोड ५० लाख ७८ हजार, आन्तरिक आयबाट ८ करोड ५४ लाख ५ हजार र संचित कोषको २६ करोड ६ लाख ३८ हजार गरी १ अर्व १२ कारोड ४६ लाख ११ हजार अर्थात ८७ दशमलव ९२ प्रतिशत आम्दानी प्राप्त भएको जनाएको छ ।

attariya hospital
belauri nagarpalika

२५ किलोमिटर सडक कालोपत्रे

नगरपालिका भित्र ५ बर्षको अवधिमा २५ किलोमिटर सडक कालोपत्रे गरिएको छ । नगरपालिकाको प्रगती समिक्षा प्रस्तुत गर्दै प्रमुख प्रशासकीय अधिकृत खत्रीले ५ बर्षको अवधिमा २५ किलोमिटर सडक कालोपत्रे भएको बताए । नगरपालिकाले ५ बर्षकै अवधिमा १५० किलोमिटर सडक ग्राभेल गरिएको छ भने ४५ किलोमिटर सडकको ट्याक खोलेको जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत खत्रीले सो अवधिमा गेडेपानीमा मोटरेबल पुल निर्माण गरिएको चैतन्यपुर पुल निर्माणाधिन अवस्थामा रहेको बताए । उनले ५ बर्षको अवधिमा ३ वटा भोलुङ्गे र २ वटा स्टिल पुल निर्माण गरिएको बताए ।

नगरपालिकाले साना ठूला गरी करिब १ किलोमिट ढल निर्माणको काम सम्पन्न गरेको जनाएको छ । प्रगती विवरणमा नगरपालिकाले खुटीया नदी र गोदावरी नदीमा कटान नियन्त्रणका लागि तारजाली लगाएको जनाएको छ । नगरपालिकाले शिक्षा क्षेत्रमा चालु आर्थिक बर्षमा मात्रै २ कोठे ४ विद्यालय भवन र ३ वटा शौचालय निर्माण गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.