न्यून सहभागितामा गोदावरी नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । मंगलबार प्रादेशिक सुशासन केन्द्र डोटीको सहयोग, पत्रकार महासंघ कैलालीको सहजिकरणमा गोदावरी नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो ।

गोदावरी नगरपालिकाकी उपमेयर शारदा रोकायाको अध्यक्षतामा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिताको संख्या भने न्यून रहेको थियो ।

joshi vada pasal 2

कार्यक्रममा बोल्दै उपमेयर रोकायाले कार्यक्रममा सबै वडाको सहभागिता हुनुपर्ने बताईन् । उनले वडाबाट नै जनताका बढी गुनासा आउने भएकाले वडा अध्यक्ष पनि सहभागि गराउनुपर्नेमा जोड दिईन् ।

आफूहरुले जनतालाई सेवा दिदाँ राम्रो संग सेवा दिन कर्मचारीलाई निर्देशन दिईएको उनले बताईन् । ‘हामीले नगरपालिकामा सुशासन कायम गर्ने गरी काम गरिरहेका छौ’ उनले भनीन् ‘हामी सर्वसुलभ सेवा दिन प्रतिवद्ध छौ ।’

maya metro hospital
bishal shuit house

कार्यक्रम खल्लो भएको गुनासो

स्थानीय निकायबाट संचालित विकास कार्यक्रम उपलब्ध सेवा, वस्तु र सुविधा सार्वजनिक गरी त्यस्ता बिषयका सम्बन्धमा सार्वजनिक थलोमा सेवाग्राही नागरिकले उठाएका प्रश्नहरुमा प्रष्टता ल्याउने र नागरिकबाट प्राप्त रचनात्मक सुभावलाई ग्रहण गर्न तथा जिम्मेवार संस्कार बसाउने उद्देश्यले सार्वजनिक सुनुवाई गरिन्छ । सोही उद्देश्य पुर्तिका लागि सार्वजनिक सुनुवाई गरेको भएपनि कार्यक्रममा सहभागि न्यून हुँदा कार्यक्रम अपेक्षित हुन नसकेको गुनासा आएका थियो ।

कार्यक्रमको समापनमा बोल्दै गोदावरी नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टले कार्यक्रममा सहभागिता न्यून भएपनि यस्ता कार्यक्रम नियमित गर्नुपर्छ भन्ने सन्देश गएको बताए ।

उनले सहभागिता न्यून हुँदा भने खल्लो महशुस भएको बताए । ‘यो कार्यक्रममा यस क्षेत्रका आम जनता र मंञ्चमा जिम्मेवार व्यक्ति भएमा त्यसबाट सबैकुरा छर्लङ्ग हुन्थो’ उनले भने ‘कार्यक्रम सिमित मान्छे भएको कारणले अलिकती खल्लो पनि महशुस भएको छ ।’ उनले आगामी दिनमा कार्यक्रममा सहभागिता बढाउनु पर्नेमा जोड दिए । उनले नगरपालिकाले आगामी दिनमा कम्तीमा एक पटक सार्वजनिक सुनुवाई गराइने बताए ।

कार्यक्रममा २ जना सहभागिले मात्रै प्रश्न गरेका थिए । कार्यक्रममा सहभागितबाट उठेका प्रश्नको जवाफ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त कुमार खत्रीले दिएका थिए । कार्यक्रमको सहजकर्ता भोजराज जोशी रहेका थिए । कार्यक्रममा करिब ३० जनाको सहभागिता रहेको थियो ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.