धनगढी उपमहानगरको बजेट पारित

धनगढी – धनगढी उपमहानगरपालिकाकी उपप्रमुखसहित एमालेबाट निर्वाचित जनप्रतिनिधीको असहमतिमा उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पारित भएको छ ।

Karma Consultancy

सोमबार बसेको आठौं नगर सभाको तेस्रो बैठकमा उपप्रमुख कन्दकला रानासहित एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले असहमति जनाउँदा पनि नगर प्रमुख गोपाल हमालले आगामी आर्थिक वर्षको बजेट बहुमतले पास भएको घोषणा गरेका हुन । उपप्रमुख रानाले आफू योजना तर्जुमा संयोजक भएपनि जानकारी नदिएको भन्दै बजेटमाथिको छलफल लम्ब्याउन उनले अडान राखेकी थिइन् ।

citizen security services
belauri nagarpalika

नगर प्रमुख हमालले बजेट पास भएको घोषणा गरेपछि पनि उनले यो निर्णयमा आफ्नो कुनै सहमति नभएको प्रतिक्रिया दिइन् । उपप्रमुख रानाले उपमहानगरपालिकाको वार्षिक कार्यक्रम पुस्तिका विधि र प्रक्रिया विपरित आएको भनेपछि दुई पक्षबीच चर्काचर्की भएको थियो ।

attariya hospital

काँग्रेसका जनप्रतिनिधिहरूले पारित गर्न दबाब दिएपछि नगर प्रमुख हमालले बहुमतले पारित भएको सभामा जानकारी गराए ।

धनगढीका मेयर र उपमेयरबिच चर्काचर्की

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.