अत्तरिया हस्पिटलद्वारा बसपार्कमा एकहप्ते निःशुल्क स्वास्थ्य शिविर आयोजना

अत्तरिया – कैलालीको अत्तरिया बसपार्कमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । गोदावरी नगरपालिका वडा नं. २ अत्तरियामा रहेको अत्तरिया हस्पिटलले एकहप्ता सम्मको लागी निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।

bishal shuit house

सोमबार देखी सुरु भएको शिविरमा प्रेशर, ज्वरो, टाउको दुखाई, झाडापखाला लगायतका विरामीहरुको उपचार गरिरहेको हस्पिटलका कार्यकारी निर्देशक डिल्लीराज पाठकले बताए । उनका अनुसार हस्पिटलले बसपार्कमा रहेका यात्रुलाई लक्षित गर्दै शिविरको आयोजना गरेको हो ।

joshi vada pasal 2

यात्रुहरुलाई यात्रा गर्दा सहजता महसुस गराउन शिविरमा प्राथमिक उपचारसहित औषधी र परामर्श सेवा दिईरहेको उनले बताए ।
पहिलो दिन उक्त स्वास्थ्य शिविरमा करिव ३०० यात्रुलाई सेवा प्रदान गरिएको अस्पतालले जनाएको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.