डिलासैनीले करारका सबै कर्मचारी हटाउँदै

बैतडी – जिल्लाको डिलासैनी गाउँपालिकाले करारमा कार्यरत कर्मचारी हटाउने भएको छ । गाउँपालिकाले साउन १ देखि करारका कर्मचारी र शिक्षकको करार अवधि नथप्ने निर्णय गरेको हो ।

bishal shuit house

विस २०७८ पुसयता नियुक्त गरेका सबै करार कर्मचारी र शिक्षकहरुलाई साउन १ गतेदेखि काममा नआउन भनिएको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिए ।

joshi vada pasal 2

अन्धाधुन्ध रुपमा पूर्ववर्ती सरकारले पालिकामा कर्मचारी र शिक्षकहरुलाई करारमा भर्ना गरेकाले पुस ३० गतेपछि नियुक्त भएकाहरुको करार अवधि साउन १ गतेबाट नथप्ने निर्णय भएको गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताए ।

स्रोत सुनिश्चितता नगरी चुनावलाई लक्षित गरेर कर्मचारी भर्ना गरेकाले अहिले पनि कर्मचारीको तलबमा ७७ लाख रुपैयाँ अपुग भएको गाउँपालिकाले जनाएको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.