अत्तरियामा बालश्रम मुक्त स्थानिय तह घोषणा कार्यान्वयनका लागी गोष्ठी

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले बालश्रम मुक्त स्थानिय तह घोषणा कार्यान्वयनका लागी गोष्ठीको आयोजना गरेको छ ।

वि.सं. २०८२ सम्म नगरपालिकालाई बालश्रम मुक्त नगरपालिका घोषणा गर्ने कार्यक्रम कार्यान्वयनका लागी नगरपालिकाले गोष्ठीको आयोजना गरेको हो ।

joshi vada pasal 2
bishal shuit house

नगरउपप्रमुख शारदा रोकायाको सभापत्विमा आयोजित गोष्ठीमा विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यहरु, नगरपालिकाको विभिन्न शाखाका प्रमुख तथा अन्य विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

ग्रामिण विकाश सेवा केन्द्र बैतडीको सहजीकरणमा आयोजित गोष्ठीमा केन्द्रका अध्यक्ष विष्णुदत्त जोशीले गोष्ठीबारे प्रकाश पारेका थिए ।

maya metro hospital

गोष्ठीमा बालश्रम हुने कारण, यसको न्युनिकरणका लागी अबलम्बन गर्नुपर्ने उपाय, नेपालमा मात्रै नभई विश्वमै बालश्रमको अवस्था लगायतका बारेमा अधिवत्ता राजेन्द्र बहादुर साउँदले प्रशिक्षण दिएका थिए ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.