अत्तरियामा स्वास्थ्य सम्बन्धी सडक नाटक प्रस्तुत

अत्तरिया – कैलालीको अत्तरियामा चेतना मुलक सडक नाटक प्रस्तुत गरिएको छ ।

Karma Consultancy

शनिबार राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान केन्द्रिय समिति अत्तरियाको समन्वयमा सामाजिक विकाश मन्त्रालयको प्रादेशिक स्वास्थ्य प्रर्वद्धन केन्द्र कञ्चनपुरले सडक नाटकको आयोजना गरेको हो ।

citizen security services

‘स्वास्थ्य व्यवहार परिवर्तन प्रत्येक व्यक्तिको सरोकार, स्वास्थ्य जिवन शैली जीवन जिउने आधार’ भन्ने मुल नाराका साथ आयोजित सडक नाटकमा स्थानिय कलाकारहरुले नागरिकलाई स्वास्थ्य सम्बन्धी जानकारी दिने किसिमका संवादहरु प्रस्तुत गरेका थिए ।

attariya hospital

कुलतको प्रयोगले के कस्ता बेफाईदाहरु हुन्छन, वर्तमान समयमा कुलतमा फसेका युवाहरुको अवस्था कस्तो छ लगायतका विषयमा नाटकमा प्रस्तुती देखाईएको थियो ।

अत्तरियास्थित बसपार्कमा आयोजित नाटक हेर्ने दर्शकहरुको पनि उल्लेख्य सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.