कञ्चनपुरमा कार र मोटरसाइकल ठोक्किदा २ जना घाइते

 

अत्तरिया – पुर्वपश्चिम राजमार्ग अन्तरगत कञ्चनपुरमा  कार र मोटरसाइकल एक आपसमा ठोक्किदा २ जना घाइते भएका छन । शुक्लाफाँटा नगरपालिका – ५ स्थित पूर्व पश्चिम राजमार्गको अर्जुनी ब्यारेक नजिक  कार र मोटरसाइकल एक आपसमा ठोक्किदा २ जना घाइते भएका हुन ।

bishal shuit house

दुर्घटनामा मोटरसाइकलमा सवार बेल्डाँडी गाउँपालिका २ बस्ने ३६ वर्षीय मदन बडुवाल र कारमा सवार नेपालगञ्ज नगरपालिका १९ बस्ने स्यास्ने क्षेष्ठ घाइते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

joshi vada pasal 2

पश्चिमबाट पूर्व तर्फ आइरहेको बा ९ च ७०३८ नम्बरको कार र विपरित दिशाबाट गइरहेको सुपप्र ०२००३ प ३४८२ नम्बरको मोटरसाइकल एक आपसमा घोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.