काठमाण्डौं – रवि लामिछानेको नेतृत्वमा खुलेको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । शुक्रबार निर्वाचन आयोगले अध्यक्ष लामिछानेलाई पार्टी दर्ताको प्रमाणपत्र दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता नं. १८७ रहेको छ ।

उनले असार ७ गते पार्टीको घोषणा गरेका थिए । तर, नामलाई लिएर विरोध भएको थियो । जसले गर्दा आयोगले दर्ता मान्यता दिन्छ की दिँदैन भन्ने संशय रहेको थियो । लामिछानेले पनि नाम परिवर्तन गर्नसक्ने बताएका थिए ।

आयोगले मान्यता दिएसँगै लामिछानेको पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहेको छ । नयाँ पार्टीको चुनाव चिह्न गोलाकारभित्रको घण्टी रहेको छ ।
