अटो पल्टिँदा धनगढीमा एक जनाको मृत्यु
धनगढी – कैलालीको धनगढी उपमहानगरपालिमा–३ बोराडाँडी चोकमा अटो पल्टिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दार्चुला लेकम गाउँपालिका–३ घर भइ हाल धनगढी–४ उत्तरबेहडी बस्दै आएका ५० वर्षीय लक्ष्मणसिंह बोहरा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

अटो अचानक अनियन्त्रित भइ पल्टिँदा अटो चालक छाती, पेट र हातमा चोट लागि घाइते भएका थिए । उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा ज्यान गएको प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

रासस