धनगढीमा रहेको एक औषधि पसलमा शिल
धनगढी – औषधि व्यवस्था विभाग नेपालगञ्जले धनगढीको एक औषधि पसलमा शिलबन्दी गरेको छ । बिना दर्ता सञ्चालनमा रहेको औषधि पसललाई विभागले शिलबन्दी गरेको हो । विभागले धनगढीमा रहेको शिखर मेडिकल शिलबन्दी गरिएको विभागका फार्मेसी निरिक्षक दिपेन्द्र कुमार साहले जानकारी दिए ।

विभागले असार ९ देखि १५ गतेसम्म बर्दिया, कैलाली र कञ्चनपुरमा रहेका ३५ वटा औषधि पसलहरुको अनुमगन गरेको थियो ।जसमा बर्दियामा रहेको बर्दिया पब्लिक अस्पतालको फार्मेसी पसललाई पनि शिलबन्दी गरिएको छ ।

शिलबन्दी गरिएका औषधि पसलले लागू तथा मनोद्दिपक औषधिहरु तालिम प्राप्त व्यवसायी र फर्मासिस्ट बिना बिक्रि वितरण गरेको पाइएको थियो । दर्जनभन्दा बढी औषधि पसलहरुलाई कारबाहीका लागि पत्र काटिएको निरिक्षक साहले बताए ।

अनुगमनको क्रममा औषधि पसलहरुमा व्यवसायी/फर्मासिस्ट नभएको, दर्ता नभएको औषधि सञ्चय गरेर राखेको, लागू तथा मनोद्दिपक औषधिहरुको सुरक्षित भण्डारण र रकेर्ड नराखेको, नियमित बिक्रि वितरणको बिल दिने नगरेको समेत पाइएको थियो ।