सुदूरपश्चिम प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमाथि छलफल गर्न बिहीबार बोलाइएको प्रदेशसभाको बैठक पनि स्थगित भएको छ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमाले सहितका दलका प्रदेशसभा सदस्यहरुले आर्थिक अनुशासनको उल्लङ्घन गरेर बजेट ल्याएको आरोप लगाउँदै संशोधन गर्नुपर्ने अडान राखेपछि प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

Karma Consultancy

प्रदेशसभा सदस्यहरुकै असहमतीका कारण १२ जेठमा बस्न नसकेको बैठक सभामुख अर्जुनबहादुर थापाले बिहीबार दिउँसो ३ बजेका लागि बोलाएका थिए तर कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति नजुटेपछि अनिश्चितकालका लागि बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

citizen security services

कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागी सत्तारुढ नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक भरतबहादुर खड्काले बजेट संशोधन गर्नुपर्ने माग सरकारले सम्बोधन नगरेसम्म प्रदेशसभाको बैठक सञ्चालन गर्न नसकिने अडान राखेका थिए ।

attariya hospital

उनका अनुसार बिहीबारको बैठकमा सहभागी सबै दलले एकै स्वरमा जसरी पनि बजेट संशोधन गरिनुपर्ने अडान लिएपछि प्रदेश सरकारको आग्रहमा बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.