खाेज्नुहाेस

बलात्कारको आरोपमा बैतडीका एक वडा अध्यक्ष सहित दुई जना पक्राउ

Image

बैतडी – बलात्कारको आरोपमा बैतडीको एक वडा अध्यक्षससिहत दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको मेलौली नगरपालिका १ का वडा अध्यक्ष सरदसिंह नेगी र सोही ठाउँका केशवसिंह नेगी रहेका छन्।

navjiwan hospital

एक २८ वर्षीया महिलालाई गत २०७८ चैत्र १५ गते बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो। पीडितको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

attariya hospital

पीडित महिलाको स्वास्थ्य परीक्षण उजुरी दिएकै दिन जिल्ला अस्पताल बैतडीमा गरिएको छ। आरोपितहरु दुबैजनालाई हिरासतमा राखी अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। पीडित महिला परिवारकै संरक्षण रहेकी छन्।

नेगी वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा मेलौली नगरपालिका वडा नं. १ को अध्यक्षमा नेकपा एमालेबाट निर्वाचित भएका थिए।