बुढीगंगाको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

बाजुरा – बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।

असार २३ मा पुनः मतदान गर्ने निर्णय रोकेर मतदानको मतगणना गर्नुपर्ने माग राख्दै रिट दायर भएको थियो । तर, अदालतले भने पुनःमतदान रोक्ने विषयमा भने अन्तरिम आदेश दिन मानेन ।

joshi vada pasal 2
bishal shuit house

निर्वाचन आयोगले बुढीगंगामा ३० बैशाखको मतदान रद्द गरी २३ असारमा पुनः मतदानको निर्णय गरिसकेको छ । बाजुराको बुढीगंगाका दलबहादुर सावदले यसअघि मतदान भएको मतपेटिकाबाट मतगणना गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश सुष्मालता माथेमाको संयुक्त इजलासले यसअघिकै मतदानको मतगणना गर्न भनि माग भएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

maya metro hospital

सर्वोच्च अदालतको आदेशसँग अब असार २३ गते निर्वाचनका लागि बाटो खुलेको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.