गोदावरी नगरपालिकालाई ६ लाख बढीका स्वास्थ्य सामग्री सहयोग

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकालाई ६ लाख भन्दा बढीका स्वास्थ्य सामग्री सहयोग गरिएको छ । नगरपालिकाको समन्वयमा केएर नेपाल र निड्स नेपालले नगरपालिकाको स्वास्थ्य शाखालाई ६ लाख ३० हजार ४ सय बराबरका सामग्री सहयोग गरेका हुन ।

Karma Consultancy

केएर नेपाल र निड्स नेपालको साझेदारीमा सञ्चालीत कोभिड – १९ प्रतिकार्य तथा पुर्नलाभ परियोजना अन्तरगत स्वास्थ्य सामग्री सहयोग गरिएको निड्स नेपालकी अध्यक्ष अञ्जु जोशी भट्टले बताईन ।

citizen security services

उनले नगरभित्र रहेका स्वास्थ्य संस्थाहरुको मागमा आधारीत सामग्रीहरु सहयोग गरिएको बताईन ।

attariya hospital
belauri nagarpalika

नगरपालिकालाई प्रदान गरिएका स्वास्थ्य सामग्रीहरुमा मेडिकल पिपिई सेट २० पिस, सर्जिकल ग्लोव्स ४ हजार जोडा, हेड क्याप १०० पिस, डिस्पोजल सर्जिकल मास्क ५०० पाकेट, अटोमेटिक स्यानिटाईजर मेसिन ६ सेट, प्याडल डस्टविन ४८ पिस, ह्याण्ड वास साबुन ११२ बोतल, ह्याण्ड स्यानिटाईजर (२५० मिलि) ३०० वटा, भ्याक्सिन क्यारियर फोर आईस प्याक ३२ वटा र कोल्ड बक्स (२२ लिटर) एउटा रहेका छन ।

उनले नगरभित्र रहेका १६ वटा स्वास्थ्य संस्थाहरुका लागी उक्त सामग्री नगरपालिकालाई हस्तान्तरण गरेको बताईन । मंगलबार निड्स नेपालकी अध्यक्ष अञ्जु जोशी भट्टले नगरप्रमुख विरेन्द्र भट्टलाई उक्त सहयोग सामग्री हस्तान्तरण गरिन ।

सामग्री ग्रहण पश्चात बोल्दै नगरप्रमुख भट्टले स्वास्थ्य जस्तो संवेदनशिल विषयमा रहेर नगरपालिकालाई सहयोग गरेको भन्दै सहयोगी संस्थाहरुलाई धन्यवाद ज्ञापन गरे । उनले स्वास्थ्य, शिक्षा लगायतका विषयहरुमा आगामी दिनमा पनि नगरपालिका समन्वय गर्न तयार रहेको बताए ।

सामग्री वितरण कार्यक्रममा नगर प्रवक्ता तथा वडा नं. १ का वडाध्यक्ष गोपालदत्त भट्ट, स्वास्थ शाखा सि. अनमी शान्ति बलमपाकी, परियोजना संयोजक केशव मलाशी, स्वास्थ प्राविधिक रितु बस्नेत, पुजा भट्ट लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.