दार्चुलामा पहिरोले सडक अवरूद्ध

 

दार्चुला – जिल्लाका विभिन्न स्थानमा सोमबार रातिदेखि परेको पानीका कारण पहिरो खस्दा सडक अवरुद्ध भएका छन् । खलंगा– दल्लेख, खार सडक अन्तर्गतको मालबेला क्षेत्रमा सडक माथिबाट पहिरो खस्दा सडक अवरूद्व छ । सडक अवरूद्व हुँदा काटै, मुल्ला, मैखोली, दल्लेक लगायत नौगाड गाउँपालिकाका विभिन्न ठाउको आवागमन रोकिएको छ ।

maya metro hospital

त्यस्तै उक्त पहिरोले सदरमुकाम खलंगा लगायत क्षेत्रको खानेपानी अवरुद्ध भएको छ । विगत महिनौदेखि खानेपानीको अनियमित समस्या भोगिरहेका खलंगाबासीका लागि उक्त पहिरोले थप समस्या निम्त्याएको छ । सो क्षेत्रमा प्रदेश सरकारले सडक खन्दा बेला–बेला खलंगाको खानेपानी अवरुद्ध हुने गरेको छ ।

joshi vada pasal 2

त्यसैगरी महाकाली नगरपालिका–८ स्थित असिगडामा राति खसेको पहिरोले अवरूद्व महाकाली राजमार्ग ९ बजेपछि खोलिएको छ । राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीमा चल्ने सवारीसाधनबीच बाटोमै रोकिएका थिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.