खाेज्नुहाेस

चट्याङ लागेर कैलाली कञ्चनपुरमा एकैदिन ३ जनाको मृत्यु

Image

अत्तरिया – चट्याङ लागेर कैलाली र कञ्चनपुरमा मंगलबार ३ जनाको मृत्यु भएको छ । मंगलबार बिहान परेको चट्याङ लागेर मृत्यु हुने तिनै जना कञ्चनरपुरका भएपनि एक जनाको भने कैलालीमा मृत्यु भएको हो । तिनै जनालाई खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेको थियो ।

navjiwan hospital

कैलालीको गोदावरी नगरपालिका–३ मालाखेतीमा रोपाई गर्दै गर्दा चट्याङ लाग कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का ४८ वर्षीय पुनाराम चौधरीेको मृत्यु भएको छ । उनी रेडियण्ट ग्याँस कम्पनीको जमिनमा रोपाईँ गरिरहेका थिए ।

attariya hospital

त्यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका–८ ‘क’ गाउँकी २५ वर्षीया शारदा थापाको पनि चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । खेतमा काम गरिरहेकी उनको चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीले जनाएको छ ।

यस्तै चट्याङ लागेर पुनर्वास नगरपालिका–६ का ४० वर्षीय देवेन्द्र श्रेष्ठको मृत्यु भएको प्रहरीले बताएको छ । खेतमा काम गरिरहेका उनको चट्याङ लागेर मृत्यु भएको थियो ।