खाेज्नुहाेस

कोभिड हिरो मल्लको बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी

Image

महेन्द्रनगर – युवा अवस्थामै व्यापार र व्यवसायको सफल बागडोर सम्हाल्दै सामाजिक क्षेत्रमा पनि लोभलाग्दो परिचय बनाएका युवा व्यवसायी दिनेश मल्ल आसन्न कञ्चनपुर उद्योग बाणिज्य संघको बरिष्ठ उपाध्यक्ष पदमा चुनावी प्रतिस्पर्धामा होमिदैछन् ।

कञ्चनपुरको महेन्द्रनगरलाई व्यवसायको केन्द्र बनाएर मुलुकका विभिन्न भागमा निर्माण व्यवसायका साथै ट्रेडिङ्ग संगै हाइड्रोमा पनि लगानी गरेर व्यवसायलाई विष्पोटक रुपमा अघि बढाएका मल्ल महेन्द्रनगरमा सफल मध्येका व्यापारीमा पर्छन् ।

attariya hospital

यसअघि कञ्चनपुर उद्योग बाणिज्य संघको कार्यसमितिमा दुई पटक काम गरिसकेका मल्ल दुई पटक मुलुकमा कोरोना महामारीमा धेरैका लागि जीवनदाता बने ।

उनलाई महेन्द्रनगरमा कोभिड हिरोका रुपमा परिचय दिदा कसैलाई अमान्य हुदैन । युवापिढीमाझ सबैसित सुमधुर सम्वन्ध बनाएका मल्ल उद्योग बाणिज्य संघलाई राजनीतिक दलको रुपमा हेर्न नहुने बताउँछन ।

परिस्थिती जस्तो सुकै भएपनि जहिल्यै व्यापारमा सक्रिय मल्लले विगतमा सामान्य व्यापारबाट यस क्षेत्रमा आएको बताए ।

maya metro hospital

नीजि क्षेत्रको प्रतिनिधीमुलक संस्थामा नीजि क्षेत्रमा लामो समय सक्रिय पात्र नेतृत्वमा आउनुपर्नेमा उनको जोड छ ।

‘हाम्रो काम नेतृत्वमा गएर यहाँ औद्योगिक क्षेत्रको विकासदेखि बामे सरेको सुख्खाबन्दरगाह बनाउन सकरात्मक दबाब दिने र लगानीमैत्री वातावरण तयार गर्ने हो’ उनले भने ‘व्यक्तिगत परिचय बनाउन मात्रै संस्थामा जान तछाममछाड गर्दा नीजि क्षेत्रको संस्थाको गरिमा साघुरिदैछ ।’

Karma Consultancy

अबौंको कारोबार गरिरहेका मल्ल सामाजिक भूमिकामा कहिल्यै पछि नहट्ने व्यक्तिमा पर्छन् । कोरोनाको पहिलो लहरमा कञ्चनपुरको गड्डाचौकी नाकाबाट पानीको प्यास नपाएर छट्पटिएर स्वदेश फर्किरहेका नेपालीहरुलाई निःशुल्क भोजनको व्यवस्थापनमा मल्लको भूमिका नेतृत्वदायी रह्यो ।

दर्जनौ युवा, व्यापारी, व्यवसायीहरुलाई मल्लले दश दिन भन्दा बढी समयसम्म कोरोनका कारण भोका रहेका नागरिकलाई निःशुल्क भोजनको पुण्य काममा हातेमालो गरेर भोक मार्न सक्रिय रहे ।

‘तीन दिनसम्म स्वदेश फर्किनेहरु पानी सम्म नपाएर तड्पिएर भूमि प्रवेश गर्दै थिए’ विगत सम्झिदै मल्लले भने ‘त्यहा कहालीलाग्दो अवस्थामा हामी कोरोनालाई बेवास्ता गरेर भोजनको व्यवस्थापन लाग्यौं ।’

युवाहरुको उक्त टिमलाई मुलुक बाहिर रहेकाहरुबाट पनि सहयोग आउन थाल्यो । बचेको रकमले यहाँस्थित महाकाली अञ्चल बाल अनाथालयलाई सहयोग गरेर आर्थिक हरहिसाब रफादफा भयो ।

नाकाबाट भित्रिने २२ हजार भन्दा बढीलाई खाना खुवाएर सबैको मनमष्तिकमा पसेका मल्लसहितको टिम कोरोनाको दोस्रो कहरमा पनि चुप लागेर बसेन् ।

दोस्रो लहर झन् कहालिलाग्दो थियो । मृत्युदर बढी अस्पतालमा अक्सिजन सिलिण्डरको चरम अभाव भईरहँदा मल्ल परिवार नै कोरोनाको चपेटामा प¥यो ।

navjiwan hospital

महाकाली अस्पतालमा मात्रै दर्जन बढी स्थानीयहरु अक्सिजन नपाएर छट्पटाएको देखेर कोरोना संक्रमण भएका मल्लले अस्पताललाई निःशुल्क अक्सिजन उपलब्ध गराउने हिम्मत गरे ।

‘अस्पतालमा परीक्षणका लागि जाँदा संक्रमितहरु मृत्युसित लडिरहेको दृष्य अहिले पनि सम्झिन्छु’ उनले भने ‘त्यसपछि सक्दो सहयोग गर्नुपर्छ भनेर दैनिक ५० देखि १०० सिलिण्डर आफ्नै सवारीबाट ढुवानी गरेर अस्पताललाई दिन थाले ।’

महाकाली प्रादेशिक अस्पतालमा त्यो बेला मुश्किलले दैनिक बढीमा १० वटा अक्सिल रि–फ्युल हुन्थ्यो ।

मल्लसहितको टिमले अक्सिजन वितरण थालेपछि बिरामीहरुमा आत्मबल बढ्नुका साथै धेरैले जीवन जिउने आधार पनि पाए ।

अक्सिजनको माग बाहिर जिल्लामा पनि बढ्ने थाल्यो । ४५० थान भन्दा बढी अक्सिजन महाकाली अस्पताललाई दिएका मल्ललाई मुलुकका राष्ट्रिय सञ्चार माध्यमले महत्व दिए ।

‘समस्या पर्दा सबैले हातोमालो गरेर अघि बढ्ने हो’ मल्लले भने ‘हामीले जति पनि समाजका लागि काम गरेका छौं, त्यो सबैले आत्मसन्तुष्ट भने प्रशस्तै भयो ।’

उनले आफूले कुनै सम्मान र चर्चाका लागि कोभिडमा ज्यानलाई हत्केलामा राखेर काम भने नगरेको बताउँछन् ।

पछिल्लो समय बाणिज्य संघको चुनावी दौडमा रहेका मल्ललाई बद्मासीको औला ठड्याउने ठाउँ भने कहिकतैबाट अन्य प्रतिस्पर्धीलाई छैन ।

संघमा आए आफूहरुले माष्टर प्लान बनाएर निजीक्षेत्र माथि उकास्न सकिनेमा मल्ल ढुक्क छन् ।

‘व्यापारी÷व्यवसायीहरुको हकहितका लागि अझै धेरै गर्न बाँकी छ’ उनले भने ‘भारतसित सीमा जोडिएको जिल्ला भएकाले पनि नीजि क्षेत्र सक्रिय भए आर्थिक गतिविधी बढाउन सकिन्छ ।’

यहाँको आर्थिक, पर्यटकीय क्षेत्रको विकास र विस्तारमा पनि नीजि क्षेत्रको सहकार्य र भूमिका आवश्यक रहने उनको भनाई छ ।

‘बाणिज्य संघका व्यक्ति भन्दा टिम सक्रिय भएर काम गर्ने हो’ उनले भने ‘सामुहिकतामा बल हुन्छ ।’

स्वस्थ्य प्रतिस्र्धाबाट बाणिज्य संघको नेतृत्व आउनु हुने बताउँदै उनले प्रतिस्प्रर्धीलाई सामान्य रुपमा दिनुपर्नेमा जोड दिए ।

‘चुनावपछि सबै व्यापारी, सबै मित्रवत सम्वन्ध भएका व्यक्ति हौं’ उनले भने ‘यसमा आत्तिने र मात्तिने प्रवृति देखाउन सन्देशमुलक हुदैन ।’