गोदावरीमा लिफ्ट मागी लुटपिट गर्ने ३ जना पक्राउ

 

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ४ सेल्फीडाडाँ नजिकै एक नेपालीलाई लिफ्ट मागी लुटपिट गर्ने ३ जना भारतिय नागरिक पक्राउ परेका छन ।

Karma Consultancy
belauri nagarpalika

कञ्चनपुरको महेन्द्रनगर बजारबाट खानीडाँडा जाने भन्दै लिफ्ट मागेर लुटपिट गर्ने भारतको हरियाणा सोनिपथका २१ बर्षिय भगत सिं, १८ वर्षिय साहिल बादलिसे र २० वर्षिय सन्नी ओटलाई प्रहरीले पक्रउ गरेको हो ।

citizen security services

उनिहरुले आलीताल गाउँपालिका कार्यालयका कम्प्युटर अपरेटर लोकेन्द्र भण्डारीलाई लुटपिट गरेका थिए । शुक्रबार विदा लिएर बेदकोट नगरपालिका – ३, कञ्चनपुर आएका भण्डारी सोमबार कार्यालयमा जान लागेका थिए । आफ्नै सेलेरियो नामक गाडीमा कार्यालय जान लागेका बेला तिनै जना भारतियले मिलेर लुटपिट गरेको र गाडी समेत लगेको पिडित भण्डारीले बताए ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.