अत्तरिया – सुदूरपश्चिम प्रदेश भलिबल संघको अध्यक्षमा देबराज भट्ट चयन भएका छन् । आइतबार कैलालीको अत्तरियामा सप्पन्न पाँचौ साधारण सभा तथा अधिबेशनबाट अत्तरियाका भट्ट अध्यक्षमा चयन भएका हुन ।

भट्ट भलिबलका पुराना खेलाडी समेत हुन । यस अघि उनी प्रदेशका कोषाध्यक्ष थिए । त्यस्तै अधिबेशनबाट उपाध्यक्षमा भोजराज जोशी, महासचिव भागिराम बखरिया, कोषाध्यक्ष बिमला क्षेत्री, सचिबमा सन्तोष भट्ट चयन भएका छन् ।


अहिले ७ जनाको कार्य समिति चयन हुने र ७ जना कार्य समितिले मनोनीत गर्ने बिधानमा ब्यबस्था रहेको छ ।