खाेज्नुहाेस

धनगढीबाट भन्सार छलीको सामान बरामद

Image

धनगढी– सशस्त्र प्रहरीले कैलालीबाट भन्सार छलीका सामान तथा ओसारपसार संलग्न सवारीसाधन बरामद गरेको छ । जिल्लाको धनगढी उपमहानगरपालिका–२, त्रिवेणी घाटबाट भारतबाट अवैध रुपमा भन्सार छली नेपाल ल्याउँदै गरेको ३ लाख ७ हजार ३६० रुपैयाँ बराबरको कपडा तथा चप्पल र सो सामान बोक्न प्रयोग गरिएको इलेक्ट्रिक रिक्सा र पेट्रोल अटो दुई लाख ५० हजार बराबर मूल्य पर्ने गरेर जम्मा पाँच लाख ५७ हजार तीन सय ६० रुपैयाँ बराबर सामान र अटो बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीले जनाएको छ ।

navjiwan hospital

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेड क्वार्टर कैलालीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर सिंहका अनुसार मातहत बीओपी धनगढी त्रिनगरबाट खटिएको गस्ती टोलीले सो सामान बरामद भएको बताए ।

attariya hospital

सामान तथा अटो रिक्सा बरामद गरी आवश्यक कारवाहीको लागी कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाइएको उनले बताए ।