गोदावरी – २ ले दियो आमा समुहका महिलाहरुलाई तालीम

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं. २ ले आमा समुहमा आवद्ध महिलाहरुलाई तालीम दिएको छ । वडा कार्यालयले वडामा रहेका विभिन्न आमा समुहका महिलाहरुलाई महिला विकाश सम्बन्धी तालीम दिएको हो ।

Karma Consultancy

दुई दिने तालीममा वडाको मेलमिलाप आमा समुह, हरियाली चेतनशिल आमा समुह, दिप आरती आमा समुह र न्यू प्रगती आमा समुहका ३० जना महिलाहरु सहभागी थिए ।

citizen security services

तालीमको प्रशिक्षकका रुपमा गोदावरी नगरपालिकाकी महिला शाखा प्रमुख गोदावरी धामी र सोही कार्यालयकी कर्मचारी प्रेमा बडु रहेकी थिईन ।

attariya hospital

तालीममा महिलाहरुलाई घरेलु हिंसा, महिलामाथी समाजमा हुने विभिन्न विकृति विसंगतीका साथै महिलाहरुको नेतृत्व विकाशका बारेमा सिकाईएको वडासचिव दिव्य कुमारी जोशीले बताईन ।

उनले महिलामाथी हुने विभेदको अन्त्यका लागी महिला नै जागरुक बन्न जरुरी रहेको भन्ने सन्देश समेत तालीममार्फत दिईएको बताईन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.