भीमदत्तद्वारा ४० करोड दायित्व बाँकी रहेको श्वेत पत्र जारी 

 

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका झण्डै ४० करोड दायित्व बाँकी रहेको श्वेत पत्र जारी भएको छ । आइतबार नगरपालिकाले श्वेतपत्र जारी गरेको हो । विगतको कार्यपालिकाले जथाभावी खर्च गरेका कारण आर्थिक दायित्व बढी भएको नगर प्रमुख पदम बोगटीले बताए । पुँजीगततर्फ ३८ करोड ६८ लाख र चालुतर्फ ६५ लाख गरि ३९ करोड बढी दायित्व बाँकी रहेको श्वेत पत्रमा उल्लेख छ ।

maya metro hospital

विगतको स्थानीय सरकारले स्रोतको सुनिश्चितता नभई बोलपत्र आह्वान गरी ठेक्कापट्टा गरिएको, पटकपटक ठूलो आकारमा रकमान्तर गरिएको, स्रोतले धान्ने नसकिने आयोजनाहरूको विस्तृत परियोजना प्रतिवेदन बनाएका कारण आर्थिक दायित्व बढेको नगरपालिकाको आरोप छ । आन्तरिक स्रोतले धान्न नसकिने गरि कर्मचारी भर्ना गरेर आर्थिक व्ययभार बढाएको, इन्धन र मर्मत खर्चमा मितव्ययिता नअपनाइएको आरोप लगाइएको छ ।

joshi vada pasal 2

उक्त दायित्व नगरपालिकाको आन्तरिक स्रोतबाट मात्रै नभ्याइने भएकाले प्रदेश र संघसककंग आग्रह गर्ने, अनियमितता छानविन र बोझिलो कर्मचारी संयन्त्रलाई आवश्यकताका आधारमा मिलाउने श्वेत पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.