डडेल्धुरामा खोलाले बगाएर एक बालकको मृत्यु

 

डडेल्धुरा – डडेल्धुरामा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा परशुराम नगरपालिका–११ कटौजाका केशव बोहराका ५ वर्षीय छोरा निराजन रहेका छन् ।

maya metro hospital

पशुपतिनाथ आधारभूत विद्यालय ज्यामिरखालीबाट मंगलबार दिउँसो घर जाने क्रममा पातलीको ठूलो खोलाले बगाउँदा उनको मृत्यु भएको सोही विद्यालयका प्रधानाध्यापक हरिदत्त जोशीले जानकारी दिए ।

joshi vada pasal 2

बगेको ठाउँबाट ५०÷६० मिटर तल निराजनको शव फेला गरेको उनले बताए । मृतक निराजन कक्षा १ मा अध्ययनरत थिए । प्रअ जोशीका अनुसार खोलाले बगाउँदा अन्य २ विद्यार्थी घाइते भएका छन् ।

घाइते हुनेमा सोही ठाउँका अन्दाजी १५ वर्षीय रेशम साउद र १४ वर्षीय गोपाल साउद रहेका छन् । रेशम र गोपाल कक्षा ८ मा अध्ययनरत विद्यार्थी हुन्। रेशमको अवस्था गम्भीर रहेको प्रअ जोशीले बताए ।

‘विद्यालय छुट्टी भइसकेपछि घर जाने क्रममा तीनैजनालाई खोलाले बगाएको हो,’ प्रअ जोशीले भने, ‘गोपालले निराजनलाई बोकेर खोला तरिरहेको रहेछ । त्यहीवेला माथिबाट खोला बढेर आएपछि बगाएछ । दुई विद्यार्थी बाँच्न सफल भए ।’

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.