तिन दिन देखी बेपत्ता बैतडीकी एक युवतीको उद्धार

बैतडी – तीन दिनदेखि बेपत्ता रहेकी बैतडीकी एक युवतीको उद्धार गरिएको छ । सिगास गाउँपालिका– ८  की ती युवतीको त्रिनगर सीमानाकाबाट उद्धार गरिएको हो ।

maya metro hospital

बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले घरपरिवारले दिएको निवेदनका आधारमा खोजतलास गर्दा भारत जाँदै गरेको अवस्थामा सीमानाका त्रिनगरमा भेटेर उद्धार गरेको जानकारी दिए ।

joshi vada pasal 2

उद्धार गरिएकी युवतीको घरपरिवारलाई खबर भइसकेको प्रहरीले जनाएको छ ।  कोही आफन्त नरहेको उनी किन भारत जाँदै थिइन् भन्ने खुल्न नसकेको र अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

शनिबार बिहान रोपाइँ गर्न भनी घरबाट हिँडेकी उनी बेपत्ता भएकी थिइन । परिवारले उनको खोजीका लागि हुलियासहित प्रहरीलाई निवेदन दिएका थिए ।

ती युवतीले गत चैतमा कञ्चनपुरका युवकसँग विवाह गरेकी थिइन् ।

रासस

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.