गेटामा चिकित्सक विश्वविद्यालय नबने अखण्ड सुदूरपश्चिम आन्दोलनको भल्को दिने तयारी हुँदैछ : सांसद भट्ट

अत्तरिया – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद दिपक प्रशाद भट्टले गेटामा राष्ट्रिय चिकित्सक विश्वविद्यालय नबनाइए अखण्ड सुदूरपश्चिम जस्तै आन्दोलन गर्ने तयारी भइरहेको बताएका छन ।

maya metro hospital

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कञ्चनपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद भट्टले गेटामा चिकित्सक विश्वविद्यालय नबनाइए अखण्ड सुदूरपश्चिम आन्दोलन जस्तै अर्को आन्दोलनको तयारी थालिएको बताएका हुन ।उनले गेटामा चिकित्सक विश्वविद्यालय स्थापनाको लागि सुदूरपश्चिमका जनता आशामा बसेको बताए ।

joshi vada pasal 2

‘गेटामा राष्ट्रिय चिकित्सक विश्वविद्यालय बनउनाखिलेखा संघर्ष थालिरैछ । हम्लेलै माग ग¥या अहिले सम्म सम्बोधन नाइहोइरयो’ प्रतिनिधिसभा बैठकको शुन्य समयमा डोटेली भाषामा सम्बोधन गर्दै सांसद भट्टले भने ‘लोक राज पाण्डेको संयोजकत्वमाई आनन्द भट्ट सहसंयोजक र धर्म सिह कुँवर सचिव रह्यो संघर्ष समिति बनिरैछ । संघर्ष समितिले अखण्ड सुदूरपश्चिमको झल्को दिनाखिल्या तयारी गरिराखिछ । तहै पैलि विधेयक लेबरे सुदूरपश्चिममाई राष्ट्रको पहिलो चिकित्सक विश्वविद्यालय स्थापनाकी लेखा सुदूरपश्चिमका जनता तम्तिर आँखा फर्काइबरे हेरिरयान । यो माग मागकै रुपमा जन रौ ।’

उनले प्रधानमन्त्री शेर बहादुर देउवा पाँचौ पटक प्रधानमन्त्री भएकोमा सुदूरपश्चिमेली जनता खुसी भएको बताउँदै प्रधानन्त्रीबाट सुदूरपश्चिमका जनताले गेटामा चिकित्सक विश्वविद्यालय बन्ने अपेक्षा गरेको बताए ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.