कञ्चनपुरमा मोटरसाइकल र साइकल ठोक्किँदा एक जनाको मृत्यु
कञ्चनपुर – कञ्चनपुरमा मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको शुक्लाफाँटा नगरपालिका – ११ स्थित पुर्वपश्चिम राजमार्गमा भएको दुर्घटनामा कृष्णपुर नगरपालिका–२ वाणीका ४२ वर्षिय केशवराज पन्तको मृत्यु भएको हो ।

वाणीबाट कलुवापुरतर्फ गइरहेको लु.७९ प १३४३ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आईरहेको साईकल एक आपसमा ठोक्किदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा मोटरसाइकल चालक भीमदत्त नगरपालिका–४ का अन्दाजी २४ वर्षीय पुष्कर शाह र पछाडि सवार बेलौरी नगरपालिका–९ का अन्दाजी २४ वर्षीय सुरेश राना गम्भीर घाइते भएका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
घाइते दुबै जनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।