कृषिबाट देखेको समृद्धिको सपना चकनाचुर, विदेशबाटै सहयोगको अपिल

 

अत्तरिया –  कैलालीको गोदावरी नगरपालिका – १० दमौराका दिपेन्द्र राज जोशीले शिक्षा शास्त्र संकायमा स्नातक पुरा गरे । अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखि क्याम्पसबाट स्नातक पुरा गरेका जोशीले अध्ययन पश्चात कृषिलाई आफ्नो मुख्य पेसा बनाउने योजना बनाए । सानैदेखि कृषिबाट मात्रै समृद्धि गर्न सकिने सपना देखेका जोशीले त्यसलाई मुर्त रुप दिनका लागि अध्ययन पश्चात बाख्रा पालनबाट कृषिमा आवद्ध हुने योजना बनाए ।

maya metro hospital

जसका लागि उनलाई लगानीको आवश्यकता थियो । उनले कृषि लोन लिने प्रयास गरे । तर ऐलानी जग्गा भएकाले उनले लोन पाउन सकेनन् । तर, पनि उनले आफ्नो कृषि गर्ने योजनालाई मर्न नदिन गाउँघरबाट चर्को व्याजमा लोन लिने जोखिम लिए । जुन जोखिम उनका लागि निकै महङ्गो सावित भयो ।

हाल त्यही लोनको चर्को व्याज तिर्न उनी विदेशी भूमि दुवई पुगेका छन । तर, त्यहाँ पनि दलालबाट ठगिएपछि सहयोगका लागि अपिल गर्नुबाहक उनीसंग अर्को विकल्प छैन । उनले बिदेशबाट आफूले भोगको पीडा समेटेर पठाएको अपिलको सम्पादित अंश :

attariya hospital

नेपाल कृषि प्रधान देश भएकाले नेपाल मै बसेर कृषि क्रान्ति गर्नुपर्छ भन्ने सोच राखेर कृषि तिर लागे । गरिब परिवारकै कारणले काम गर्दा आर्थीक अवस्था कमजोर थियो । तर कृषि पेशा गरेर नै आफ्नो जिविको पार्जन गर्ने सोचले गर्दा गाउँघरबाट ५ लाख ऋण लिए । सयकडा ३ प्रतिशतका दरले ब्याजमा लिएको उक्त पैसाले व्यवसाय सुरु गर्ने सोच गरी ‘दिल कृषि फर्म’ दर्ता गरे । फर्मको उद्देश्य बाख्रा पालन गर्ने थियो । तर उक्त व्यवसायका लागि लिएको ऋण बाख्राको खोर बनाउनमै सकियो ।

एकातिर ५ लाखको ब्याज तिर्नु थियो । अर्कोतिर फर्म संचालनमा आएको थिएन । त्यसैले जसोतसो फर्म संचालनमा ल्याउनको लागि बिभिन्न संघ सस्थासंग सहयोग माग्न थाले । तर, जसले पनि खोरमा बाख्रा पहिले राखेको हुनुपर्ने सर्त राख्न थालेपछि अन्य उपाय नलागेर त्यो संरचनामा बोइलर कुखुरा हाले ।

त्यसका लागि उधारोमा दाना र चल्ला हाले । चर्को मुल्यमा उधारोमा चल्ला दाना हालेर व्यवसाय संचालन गरेर जसोतसो ब्याज तिरिरहेको थिए । तिन वटै खोरमा पाँच÷पाँच सय कुखुरा तयार भइसकेको थियो । तर अचानक कोभिड – १९ को कारण लकडाउन भएपछि बजारमा कुखुरा बिक्री नै भएन । दाना पनि नपाउन थालिएपछि कुखुराका तिन वटै खोर नष्ट भए । करिब ९ लाख रुपैयाँ घाटा भयो ।

पुरानो ऋण पनि तिरेको थिएन् । चल्ला दानाको पैसा तिर्न नसकेपछि थप कुखुरा पाल्न पनि समस्या भयो ।

लालपुर्जा नभएकाले बैंकले पैसा दिएन् । त्यसपछि साना किसानबाट १ लाख, मालाखेती कृषि सहकारी संस्थाबाट ३ लाख र बाँकी गाउँघरबाटै लोन लिकालेर दाना चल्लाको पैसा तिरे ।

त्यसपछि पुनः कुखुरा पाल्न सुरु गरेको भएपनि उक्त कुखुरा १ सय ४० रुपैयाँ किलोका दरले बिक्री गर्नुपर्दा पुन घाटा लाग्यो । त्यसैमा भारतबाट सस्तोमा अबैध रुपमा कुखुरा आउँदा नेपाली किसानले मुल्य नपाउने समस्या मैले पनि भोगे । कृषिमै केही गर्ने सपना बुनेको भएपनि लगातारको घाटाले काम गर्न निकै समस्या हुन थाल्यो ।

ऋण थपिदै गएर बार्षिक ७ लाख ब्याज मात्रै तिनुपर्ने अवस्था आयो । त्यस्तो अवस्थामा कुखुरा पालेर मात्रै ऋण तिर्न सकिने अवस्था थिएन् ।

आर्थिक संकटमा पर्दै गएपछि बिभिन्न संघ सस्था, नगरपालिकामा आफ्नो समस्या पोखे । तर, तत्कालिन समयमा कहिबाट पनि सहयोग पाएन । एकातिर व्यवसायमा लगातार नोक्सान हुन थालेको थियो भने अर्कोतिर चर्को ब्याज तिर्न निकै समस्या हुन थाल्यो । तन, मन कृषिमै छ । तर, मासिक ६० हजार ब्याज मात्र तिर्नु पर्छ । सावा त घट्दै घट्दैन ।

कुनै सिप नचलेपछि मैले बिदेश जाने योजना बनाए । बिदेशमा मासिक १ लाख तलब हुन्छ भनेर दलालले २२ मार्च २०२२ मा बिदेस ल्यायो । तर, अहिले विदेशमा मेरो तलब ७९  हजार मात्रै तोकिएको छ । जुन रकमले मेरो मासिक ब्याज पनि तिर्न पुग्दैन । यस्तो अवस्थामा अब म के गर्ने अन्योलमा छु ।

मेरो आशा अहिले निर्वाचित जनप्रतिनिहरु संग छ । मेरो हालको अवस्थाका बारेमा कसैले अवलोकन गरेर मलाई अझै नेपालमै कुषि पेशा गर्ने वातावरण बनाइदिए पनि  म काम गर्न तयार थिए । यसका लागि नवनिर्वाचित जनप्रतिनिधिले सहयोग गर्ने छन भन्ने आशा छ ।

मलाई अनुदान चाहिएन । तर, सस्तो व्याजदरमा कृषि ऋण उपलब्ध गराइदिए । मासिक किस्ता व्याजदर तिर्थे । स्वदेश र विदेशमा म ठगिएकाले मलाई अब जनप्रतिनिधिको सहयोगको आवश्यकता छ । मैले सहयोग पाएको खण्डमा पुनः ‘दिल कृषि फर्म’ सुचारु ल्याउन्थे । मेरो गोदावरीमा नमूना कृषक बन्ने सपना पुरा गर्थे ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.