सुदूरपश्चिमका साहित्यकार भण्डारी र गायिका डिग्रा वादी सम्मानित

अत्तरिया – सुदूरपश्चिमका साहित्यकार निर्मल कुमार भण्डारी र गायिका डिग्रा वादी सम्मानित भएकी छिन । कैलालिको अत्तरियामा रहेको प्रतिभा सामुदायिक पुस्तकालयको १३ औं बार्षिक साधारण सभामा साहित्यकार निर्मल कुमार भण्डारी र लोक देउडा गायिका डिक्रा देवी वादी सम्मानित भएका हुन ।

maya metro hospital

दुबै जनालाइ सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेक बहादुर रैकाले नगदका साथै दोसल्ला र सम्मानपत्रले सम्मानित गरेका थिए ।

joshi vada pasal 2

भण्डारीलाई मुडभरी साहित्य पुरस्कार २०७७ बाट सम्मानित गरिएको हो भने गाइनेलाइ गणेश सारदा स्मृती पुरस्कारबाट सम्मानित गरिएको हो ।

मुडभरी साहित्य पुरस्कार दुर्गालक्ष्मी क्याम्पसका शिक्षक जनक जोशीद्वारा पुस्तकालयमा स्थापित पुरस्कार हो । जसको राशिफल रु. ११,१११ रहेको छ भने गणेश शारदा स्मृती पुरस्कार गोदावरी – ६ लालपुर निवासी खगराज पाठकद्वारा पुस्तकालयमा स्थापित पुरस्कार हो । गणेश सारदा स्मृती पुरस्कारको राशिफल रु. ५००५ रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.