न्याय माग्दै देउवालाई ज्ञापनपत्र

धनगढी – नेपाल राना थारु समाजले कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखाममा यौनजन्य हिंसाबाट पीडित बालिकालाई न्याय दिन माग गर्दै प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ ।

maya metro hospital

समाजका अध्यक्ष कृपाराम रानाले बालिकालाई न्यायका लागि पाँच बुँदे ज्ञापन पत्र बुझाएका हुन् । शुक्रबार देउवाको धनगढी निवासमा बुझाइएको ज्ञापन पत्रमा पीडित बालिकालाई तत्काल स्वास्थ्य उपचार गरिनु पर्ने, घट्ना सत्यतथ्य छानबिन गर्नुपर्ने, बालिकालाई निःशुल्क शिक्षा, भरणपोषणको व्यवस्था र सामाजिक सुरक्षा हुनुपर्ने माग राखिएको छ ।

joshi vada pasal 2

गत जेठ १० गते ११ वर्षीया ती बालिकामाथि स्थानीय दिनेश मालीले यौनजन्य हिंसा गरेका थिए । त्यसपछि मालीले आत्महत्या गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.