जनताको काम राम्ररी गर्न जनप्रतिनिधिलाई प्रधानमन्त्री देउवाको आग्रह
कञ्चनपुर – प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहका जनप्रतिनिधिहरूलाई जनताको विश्वास जित्ने गरी काम गर्न आग्रह गरेका छन् ।

शुक्रबार महेन्द्रनगरमा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरूलाई बधाइ दिन आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले उक्त कुरा बताएका हुन । उनले जनता मालिक भएकाले विश्वास जनताको विश्वास जितेर काम गर्न निर्देशन दिए ।

‘जनता मालिक हुन्, जिताउने र हराउने जनता नै हुन्’ देउवाले भने, ‘त्यही भएर जनताको काम राम्ररी गर्नुस् ।’ कार्यक्रममा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरू सहभागी थिए ।
सुदूरपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा सहभागी हुन महेन्द्रनगर आएका प्रधानमन्त्री देउवाले यहाँ कांग्रेसबाट नवनिर्वाचित जनप्रतिनिधिहरूसँग भेट गरी उनीहरूलाई बधाइ तथा शुभकामना ज्ञापन गरेका थिए ।