अत्तरिया डेन्टल केयर सञ्चालनमा

अत्तरिया – कैलालीको अत्तरिया बजारमा अत्तरिया डेन्टल केयर सञ्चालनमा आएको छ । डाक्टर परशुराम ठाकुरसहितको टिमले अत्तरिया अस्पतालसँगको समन्वयमा अत्तरिया डेन्टल केयर सञ्चालनमा ल्याएका हुन ।

maya metro hospital

उनले नागरिकलाई सस्तो मुल्यमा गुणस्तरिय उपचार दिन आफुले अत्तरियामा डेन्टल केयर खोलेको डा. ठाकुरले बताए । डेन्टल केयर सञ्चलनमा करिब ३० लाख लगानी लागेको उनले बताए ।

joshi vada pasal 2

उनले अत्तरिया डेन्टल केयर डेन्टल सम्बन्धी डाक्टरहरुले सञ्चालनमा ल्याएको पहिलो डेन्टल केयर भएको बताए । सुदूरपश्चिममा डेन्टल सम्बन्धी जनचेतनाको कमी भएको बताउदै उनले उक्त डेन्टल केयरले नागरिकमा डेन्टल समस्या र यसको समाधानको बारेमा समेत जानकारी गराउने बताए ।

डाक्टर ठाकुरले अत्तरिया डेन्टल केयरमा पोर्टेबल र आरभिजी एक्सरे युनिकद्धारा नागरिकको गुणस्तरिय उपचार गरीने बताए । उनले उक्त युनिट अत्तरियामा अन्य डेन्टलहरु भन्दा फरक भएको बताए ।

उनका अनुसार उक्त डेन्टल केयरमा काठमाण्डौबाट आएका ३ जना डाक्टरहरुको टिमले सेवा दिनेछ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.