गोदावरी २ को नीति तथा कार्यक्रम : ५० प्रतिशत बजेट पुर्वाधारमा खर्च गरीने

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – २ को नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । शुक्रबार आयोजित आर्थिक बर्ष २०७९/८० को छैटौ वडा भेलामा वडा अध्यक्ष यज्ञ बहादुर महराले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन । वडा भेलामा अध्यक्ष महराले आगामी आर्थिक बर्षका लागि १ करोड ८ लाख ९९ हजार ७१ रुपैयाँको बजेट प्रस्तुत गरेका थिए ।

maya metro hospital

जसमध्ये ५० प्रतिशत अर्थात ५४ लाख ४९ हजार ५३५ रुपैयाँ पुर्वाधार विकास, २५ प्रतिशत अर्थात १३ लाख ६२ हजार ३८३ रुपैयाँ सामाजिक विकास, १० प्रतिशत अर्थात ५ लाख ४४ हजार ९५३ रुपैयाँ आर्थिक विकास तर्फ, ७ प्रतिशत अर्थात ३ लाख ८१ हजार ४६७ रुपैयाँ वातावरण व्यवस्थापन तर्फ र ८ प्रतिशत अर्थात ४ लाख ३५ हजार ९६२ अर्थात ८ प्रतिशत बजेट सुशासन तथा संस्थागत विकास तर्फ खर्च गरिने जनाइएको छ ।

joshi vada pasal 2

वडामा पुर्वाधार विकास तर्फ बस्ती स्तरमा सडकको सुधार गरी कालोपत्रे सडक निर्माण गर्ने, अधुरा बाटो, भवन, तटबन्धनलाई सम्पन्न गर्ने, विद्युतको समस्या समाधानका लागि ट्रान्सफरमर जडान कार्यलाई प्राथमिकता दिने, सिचाइका लागि बिशेष पहल गर्ने, सार्वजनिक शौचालय निर्माण गर्ने, ढल निकासको कार्यक्रम संचालन गने लगायतका कार्यक्रम गरीने वडा अध्यक्ष महराले बताए ।

वडा भेला गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टको प्रमुख आथित्यमा सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख भट्टले बजार क्षेत्रका वडा नम्बर १ र २ मा नाला र कालोपत्रे सडक निर्माणको कामलाई पहिलो प्राथमिकता दिन आवश्यक रहेको बताए । उनले गोदावरी – २ मा स्वास्थ्य क्लिनीक नभएकाले त्यसका लागि नगरबाट पहल गरिने बताए ।

गोदावरीका १२ वटै वडामा लो भोल्टेजको समस्या भएकाले त्यसको समाधानका लागि अत्तरियामा वितरण केन्द्र राख्न आवश्यक रहेको मेयर भट्टले बताए ।

भिडियो

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.